कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित ४ जना पक्राउ

काठमाडौं । कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ परेका छन् ।

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–७ बसन्तपुरबाट लागुऔषध (चरेस) ०.७१ ग्राम र ०.०६ ग्राम (खैरो हेरोईन)सहित भिमदत्त नगरपालिका–२ बस्ने २३ वर्षीय हरिश चन्दसहित चार जना गएराति पक्राउ परेका हुन् ।

प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेलापारी चारै जनालाई पक्राउ गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१