काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको आरोप लगाएका छन्।
चितवनको नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले सुन तस्करीको प्रमाण सिंहदरबारस्थित गृहमन्त्रीको क्याबिनमै पुगेर देखाएको बताए।
‘मैले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको थिएँ । धेरैले सूचना भएको मान्छेले दिनुपर्छ भन्नुभयो । मैले कुन सूचना कहाँ दिने भन्ने ध्यान र ज्ञान राख्नुपर्छ । मैले गृहमन्त्रीज्यूलाई गएर नै तपाईँको निकटमा रहेको मान्छे जो अध्यागमनको डिजी हुनुहुन्छ’ उनले भने ।
गृहमन्त्रीले आरोपिलाई जोगाउन अनुसन्धानमा नतानेको उनको ठम्याई छ । अहिले सरकार फेरबदल हुन लागेको बताउँदै आफू वर्तमान सरकारमा सहभागि नहुने जनाए । उनले भने् ‘गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि । उहाँ (गृहमन्त्री)लाई त त्यो अनुसन्धान प्रहरीतिर ल्याउनु थियो । उहाँहरु मान्छेलाई सायद जोगाउनु थियो होला । अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला । तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन ।’