
काठमाडौं । सुदूरपश्चिमका सातजनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
सात जनामध्ये बाजुरा र अछामका १–१, कञ्चनपुरका ३ र कैलालीमा २ जना रहेको त्रिनगर हेल्थ डेस्कले जनाएको छ ।
भारतमा पछिल्लो समय कोरोना सङ्क्रमण बढिरहेपछि त्यहाँबाट आउनेहरूसँगै कोरोना सङ्क्रमण भित्रन सक्ने खतरा बढेको छ ।
अहिले पनि दैनिक रूपमा सयौं जना भारतबाट नेपाल आइरहेका छन् । उनीहरूमध्ये आधाको मात्रै परीक्षण हुने गरेको छ ।