काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबाब यात्रा नवलपरासीको भूमही पुगेको छ । नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिका लागि दबाब दिन रास्वपाले दबाब यात्रा गरेको हो ।
पुस ९ गतेदेखि नारायणगढबाट सुरु भएको यात्रा आज तेस्रो दिन नवलपरासीको भूमही पुगी सकेको रास्वपाले जनाएको छ ।
आज बिहान करिब ११ बज्दा भूमहीमा दबाब यात्रा पुगेको छ । अब बुटवल पुग्न २८ किलोमिटर बाँकी रहेको छ ।