• २०८३ असार १६
  • 2026 June 30, Tuesday

प्रचण्डलाई लक्षित गर्दै विप्लवले भने- सहमति र घेराबन्दीको दोहोरो चरित्र चल्दैन

काठमाडौं । अदालतबाट पक्राउ पूर्जी जारी भए पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव निरन्तर समाजवादी मोर्चाको बैठकमा सहभागी भइरहेका छन् ।

बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठकमा उनी पार्टीका अरू नेताहरूसँगै सहभागी भए ।

बैठकमा ठोस के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आएको छैन । यद्यपि विप्लवले अदालतको पूर्जी र सरकारसँग भएको सहमतिका विषयमा ध्यानाकर्षण गराइएको बताए ।

उनका अनुसार आजै साँझ ६ बजे फेरि अर्को बैठक पनि बस्ने छ । सो बैठकले यो विषयमा थप छलफल गर्ने उनले बताए ।

उनले सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप उनले लगाए ।

उनले भने, ‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् । यो विषयमा साँझ छलफल हुन्छ । आजै साँझ ६ बजे फेरि बैठक बस्छ ।’