रूसद्वारा युक्रेनका नयाँ तीन सहरमा आक्रमण

काठमाडाैं । रूसी सेनाले शुक्रबार युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको छ ।

उत्तर-पश्चिममा रहेको लुट्स र मध्य-पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएको युक्रेनी टीभी र सञ्चार माध्यमले समाचार प्रकाशित गरेका छन् ।

यी दुवै सहरमा यसअघि रूसले आक्रमण गरेको थिएन । मध्य युक्रेनको नीप्रो शहरमा हवाई हमलाहरू भएको पनि समाचारमा जनाइएकाे छ ।

लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ ।

लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गरेका छन् ।

यसैबीच, रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो-फ्रान्किभिस्कमाथि आक्रमण गरेको पनि रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि युक्रेनकाे राजधानी किभ सहर नजिक रुसी सेनाकाे लावालस्कर पुगेकाे समाचार बीबीसीले प्रकाशन गरेकाे थियाे । गएकाे साता नै ‘किभ सहर नजिक पुग्यो’ भनिएकाे रुसी सेनाकाे लस्कर शुक्रबार किभ सहरकाे नजिक पुग्न लागेकाे बताइएकाे थियाे । किभ सहरमा पनि बमबारी भइरहेकाे केही सञ्चारमाध्यमले जनाएका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१