
काठमाडाैं । भारतको राजधानी नयाँ दिल्लीको गोकुलपुरी क्षेत्रमा शुक्रबार राति आगलागी भएकाे छ । आगलागीमा सात जनाको मृत्यु भएको छ ।
यस क्षेत्रमा धेरै झुपडीहरू रहेका छन् । गोकुलपुरी पीएस क्षेत्रमा राति १ बजेतिर आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पीडितहरुलाई भेटेर अवस्थाको विवरण लिन गोकुलपुरी जाने बताएका छन् ।