वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश

पर्सा । मधेस प्रदेशको वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टीमा भित्र्याएका हुन् ।

मेयर सरावगी ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१