घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ ।

अघिल्लो दिन प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।