
काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा जारी प्रथम संघीय परिषद् बैठकमा समसामयीक राजनीति र जसपाको कार्यदिशा समेटिएको प्रतिवेदन प्रस्तुत गरी भट्टराईले गठबन्धनको भर परेर मात्रै बस्न नहुने उल्लेख गरेका छन् ।
उनले भने, ‘हाम्रो पार्टीको चाहना र प्रयासले मात्रै पाँच दलीय गठबन्धनलाई चुनावसम्म सँगै लान सम्भव हुँदैन । यसका अरु दलको पनि इच्छा, आवश्यकता र तत्परता हुनु पर्दछ । त्यसैले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नु पर्दछ ।’
यस्ताे छ भट्टराईद्वारा जारी प्रतिवेदन :