• २०८३ असार १६
  • 2026 June 30, Tuesday

सरकारले राजनीतिक स्वार्थ पूरा गर्नेगरी योजना बनाएको छ : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले योजना बनाउँदा जनतालाई केन्द्रमा राख्नुपर्नेमा राजनीतिक स्वार्थ पूरा गर्नेगरी बनाएको आरोप लगाएका छन् ।

आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले योजना स्वार्थ समूहलाई र केन्द्रमा राखेर राजनीतिक स्वार्थहरु पुरा गर्नेगरी बनेको भन्दै ठूला सपना बाँढेर जनतालाई भ्रममा पार्ने छुट कसैलाइ नभएको बताए ।

उनले भने,‘आवधिक योजना हेर्दा मोटामोटी ठिकै छ । अहिलेको सरकारले जनतालाई केन्द्र विन्दुमा नराख्ने, स्वार्थ समूहलाई केन्द्रमा राख्ने, राजनीतिक स्वार्थहरु पुरा गर्नेगरी योजना बनाउने अनि ठूला ठूला सपना बाँढेर जनतालाई भ्रममा पार्ने छुट कसैलाई छैन् ।’

उनले निर्धारित लक्ष्य कार्यान्वयन गर्नका लागि विश्वासिलो आधार सरकारले नबनाएको टिप्पणी गरे ।