अहिलेसम्म १३ सय युक्रेनी र १२ हजार रुसी सैनिकको मृत्यु भएकाे युक्रेनकाे दाबी

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन् ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रबारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन् ।

तर याे दाबीकाे स्वतन्त्र रूपमा पुष्टि भने नभएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताएका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ । आइतबार १८ औँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको पनि बीबीसीले उल्लेख गरेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१