नेविसंघमा ३२ वर्षे उमेरहद लागू हुनुपर्छ, मेरो दावी महामन्त्रीमा छ : ताराबहादुर थापा (भिडिओसहित)

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता ताराबहादुर थापाले विद्यार्थीको नेतृत्वमा विद्यार्थी नै हुनुपर्ने धारणा राखेका छन् ।

उनले अब नेताहरुलाई घच्घच्याएर, दबाब दिएर भए पनि विद्यार्थीलाई नै विद्यार्थी नेता बनाउनु पर्ने बताए । उनले भने, ‘विद्यार्थीको मागको सम्बोधन, विद्यार्थीको विचार विद्यार्थी नेताले नै बुझ्न सक्छन्, यही कारण विद्यार्थी नै विद्यार्थी नेतृत्वमा आउनुपर्छ ।’

हुलाक सञ्चारसँगको कुराकानीका क्रममा संघको तदर्थ समितिमा महामन्त्रीको आकांक्षी रहेका थापाले नेपाल विद्यार्थी संघमा विचारको राजनीति नभएको स्वीकार पनि गरे ।

उनले विगतका दिनमा गौरवपूर्ण इतिहास निर्माण गर्नका लागि भूमिका निर्वाह गरेको विद्यार्थी संघ अहिले केही कमजोर बनेको हो कि ? भन्ने अनुभुति भएको पनि उनले बताए ।

उनले नेपाल विद्यार्थी संघले नेपाली कांग्रेस पार्टीको विचार, पार्टीको सिद्धान्त, पार्टीका निर्णयहरु आत्मसात् गरी सच्चिनुुपर्ने कुरा र सच्याउनुपर्ने कुराहरुमा ध्यान दिएर अघि बढ्नुपर्ने बताए ।

हेर्नुहोस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१