• २०८३ असार १६
  • 2026 June 30, Tuesday

‘समुदायमा कांग्रेस अभियान’ आजबाट सुरु

काठमाडौं । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान शनिबारदेखि सुरु भएको छ। अभियानदेखि माघ २६ गतेसम्म चल्ने कांग्रेसले बताएको छ।

समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई तत् तत् तहमा कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने उद्देश्य अभियानको रहेको बताइएको छ।

अभियानको लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिएका छन्। केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै ६७४३ वटै वडामा प्रतिनिधिहरू खटिनेछन्। यस अभियानमा औपचारिक आसन ग्रहण र मन्तव्य लगायतका कार्यक्रमहरू नरहने बताइएको छ।