नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले जबराविरुद्ध महाभियोग लगाउनु पर्‍याे  : नेता सिह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताएका छन् ।

सोमबार काठमाडौंको मीनभवनमा आयोजित कांग्रेसको एक महिने घरघर जाउँ कांग्रेस जिताऔं अभियान अन्तर्गतको कार्यक्रममा नेता सिंहले न्यायलयको नेतृत्वको गरेको व्यक्ति असफल भएपछि न्यायलय सुधारका लागि महाभियोग लगाउनुपरेको बताएका हुन् । त्यस्तै उनले एमसीसी मुलुकको हित बिपरित नरहेको धारणा पनि राखे । कांग्रेस कार्यकर्ताले जनताको घरघरमा पुगेर एमसीसी, महाअभियोगका बिषयमा फैलाएका अनावश्यक भ्रम बारे बुझाउनुपर्ने उनको भनाई छ ।

नेता सिहले कांग्रेस मुलुक र जनताको हित सोच्ने पार्टी भएकाले अनावश्यक भ्रमको पछि नलाग्न समेत आग्रह गर्नुभयो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१