• २०८३ असार १६
  • 2026 June 30, Tuesday

एमाले संसदीय दलको बैठक शनिबार

काठमाडौं । नेकपा एमालेले शनिबारदेखि संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुवै दिन बस्ने सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

आगामी सोमबारदेखि बस्ने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो । अधिवेशनको तयारीका विषयमा अन्य दलहरूले पनि दलको बैठक राखेका छन् ।