• २०८३ असार १६
  • 2026 June 30, Tuesday

सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गर्दै सांंसद अमनलाल मोदी

काठमाडौं । माओवादी केन्द्रका सांंसद अमनलाल मोदीले देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले गरे लाखौं जनताले खाइनखाई गरेर बचत गरेको पैसाको दुरुपयोग भइरहेको भन्दै सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याई कमीकमजोरी छानबीन गरी जनताको पैसा फिर्ता गर्न माग गरेका हुन् ।

उनले भने, ‘देशैभरि लाखौं जनताले खाइनखाई गरेर बचत गरेको पैसा दुरुपयोग भइरहेको छ । ती पैसा न जनताले फिर्ता पाएका छन् न सम्बन्धित मानिसले कारबाही भोगेका छन् । म विशेष अनुरोध गर्न चाहन्छु । देशैभरको सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउनु पर्यो र त्यसमा रहेका कमीकमजोरी छानबिन गरी जनताको पैसा फिर्ता गर्नुपर्छ । यो जोडदार माग गर्न चाहन्छु ।’