
काठमाडाैं । पछिल्ला दिनमा चीनमा पुन: काेराेना संक्रमित फैलन थालेका छन् । मंगलबार चीनमा ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ ।
सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ । जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएकाे बताइएकाे छ ।
चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ सहर र काउन्टीमा लकडाउन गरिएको छ ।
यी सहरहरुमा चिनियाँ अधिकारीहरूले कडा लकडाउन लागू गरेका छन् । ‘जिरो कोभिड’को रणनीति अपनाएर उनीहरूले लकडाउन गरिरहेका हुन् ।
६ दिनयता चीनमा दैनिक एक हजार बढी संक्रमित थपिइरहेकाे समाचारमा जनाइएकाे छ ।
चीनमा अहिलेसम्म एक लाख २० हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि र ४ हजार ६३६ जनाको मृत्यु भएको छ ।