काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको दोस्रो विकेट गएको छ ।
ललित राजवंशीले नामिबियाका निको डाभिनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यस्तै आफ्नो दोस्रो ओभरमा उनले मिचेल भानलाई २३ रन बनाएर खेल्ने क्रममा आउट गरेका छन । अहिले नामिबियाले १३.५ ओभरमा २ विकेट गुमाउँदै ५६ रन बनाएर खेलिरहेको छ ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१।५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले रन बनाए ।