पोलिश, चेक, स्लोभेनियाली प्रधानमन्त्रीहरू मंगलबार कीभमा

पोल्याण्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि मंगलबार कीभ पुग्नुभएको पोल्याण्ड सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ ।

‘यो भ्रमणको उद्देश्य युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको लागि सम्पूर्ण युरोपेली संघको स्पष्ट समर्थन पुष्टि गर्नु र युक्रेनी राज्य र समाजको लागि समर्थनको व्यापक प्याकेज प्रस्तुत गर्नु हो, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ । युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताएका छन् ।

उनीहरूलाई अहिले राज्य–सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा ‘हेरचाह गरिदैछ र उनीहरू हेरचाहकर्ताहरूसँगै रहेको, जाविदले स्काई न्यूज टेलिभिजनलाई बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१