
काठमाडौं । एकदिवसीय तीन खेलको अभ्यास सिरिजअन्तर्गत नेपाल ए टोलीलाई क्यानडा–११ ले दोस्रो खेलमा २४१ रनको लक्ष्य दिएको छ ।
क्यानडा ११ का लागि श्रेयस मोव्वाको अर्धशतकको सहयोगमा क्यानडाले ४९.५ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको छ ।
मूलपानी क्रिकेट मैदानमा भएको टस हारेर क्यानडा ११ ले ब्याटिङ्को निम्तो पाएको थियो ।
क्यानडाका मोव्वाले दुई बलमा पाँच चौकासहित ६ रन प्रहार गरे । नवनितले ६० बलमा ६ चौका र एक छक्कासहित ४६ रन बनाए भने त्यस्तै श्रीमन्था विजेरन्तेले ४१ रन थपे । आरोन जोन्सले ३६ र डिलोन हाइलिगरले १६ रन बनाए ।
नेपालका साहब आलमले १० ओभर बलिङ गरेर एक मेडन फ्याक्दै ३८ रन खर्चेर तीन विकेट लिए । शेर मल्ल र राशिद खानले समान दुई विकेट भने यस्तै, सागर ढकाल र बसिर अहमेदले एक–एक विकेट लिए ।