• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

 एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा

काठमाडौं । एसियाली क्रिकेट परिषद् (एसीसी) ले अप्रिलमा हुने एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ ।
एसीसीले आइतबार अप्रिल १२ देखि २१ सम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक खेल तालिकाअनुसार समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी छन् भने आयोजक ओमानसहित समूह बी मा यूएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।

नेपालले पहिलो खेल अप्रिल १२ मा मलेसिया, दोस्रो खेल अप्रिल १३ मा कतारसँग, तेस्रो खेल अप्रिल १५ मा हङकङसँग र चौथो खेल अप्रिल १७ मा साउदीसँग खेल्नेछ ।

अप्रिल १९ मा सेमिफाइनल र अप्रिल २१ मा फाइनल खेल हुनेछ ।