
काठमाडाैं । अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ ।
डेमोक्रेटिक सिनेटर चक शुमरले मंगलबार मतदान अघि एक भाषणमा पुटिनलाई युक्रेनमा गरिएको अत्याचारका लागि जिम्मेवार ठहर गर्नुपर्ने बताएका थिए ।
सिनेटभित्र हरेक दलका सदस्यले प्रस्ताव पास गरेर हेगस्थित अन्तरराष्ट्रिय अपराध न्यायालयसँग युक्रेनमाथि हमला गर्ने पुटिनको निर्णयको अनुसन्धान गर्न पनि माग गरेका छन् ।
पुटिनलाई लज्जित महसुस गराउनका लागि अभियान चलाउने पनि सिनेट सदस्यहरुले बताएका छन् ।