• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

ग्रेस इन्टरनेसनलको ‘द रोड अहेड’ मा क्रिकेटर दीपेन्द्रसिंह ऐरी र हास्यकलाकार मनोज गजुरेलकाे साथ

बागलुङ । एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयोजनमा बागलुङमा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम गरिने भएको छ । विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रम गर्न लागिएको हो ।

यही फागुन २१ गते बागलुङमा हुने कार्यक्रममा चर्चित कलाकार, खेलाडी र सञ्चारकर्मीले प्रशिक्षण दिने ग्रेस इन्टरनेशनल बागलुङ शाखाका सञ्चालक ओमकार पौडेलले जानकारी दिए । शैक्षिक यात्राको रुपमा विभिन्न क्षेत्रमा चर्चित विज्ञ तथा कलाकारहरुले आफ्नो अनुभव र परामर्श दिने छन् ।

कार्यक्रममा चर्चित हास्यकलाकार मनोज गजुरेल, क्रिकेटर दीपेन्द्रसिंह ऐरी, टेलिभिजनकर्मी आरके धिताल, एन्ड्रयु पौडेल, लगायतका चर्चित व्यक्तिहरु सहभागी हुने पौडेलको भनाइ छ । पछिल्लो समय युवा र विद्यार्थीहरु रोजगार र शैक्षिक गन्तव्यको खोजीमा भौतारी हुँदा उनीहरुलाई परामर्श दिन ‘द रोड अहेड’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

पौडेलले भने, ‘हामीहरुले विद्यार्थीलाई विदेश जानु पर्छ भनेर प्रेरित गर्नका लागि यो कार्यक्रम आयोजना गरेको होइनौँ, नेपालमा पनि अवसर छ, यही पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा दिनका लागि यो कार्यक्रम गर्न थालेका हौँ, कार्यक्रममा आउनेलाई विभिन्न व्यक्तिहरुले सम्भावना देखाउने खालका प्रशिक्षण दिनेछन् ।

ग्रेस इन्टरनेशनल बागलुङ शाखाले गत वर्षदेखि बागलुङमा स्थापना भई स्वदेश तथा विदेश पढ्ने विद्यार्थीहरुका लागि परामर्श दिँदै आएको छ ।