रुसी हमलामा फक्स न्युजका पत्रकारकाे मृत्यु

काठमाडाैं । अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको रुसी हमलामा मृत्यु भएको छ ।

हमलामा अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन् । कुभश्यानोभा युक्रेनी नागरिक हुन् । उनी फक्स न्युजका लागि सल्लाहकारका रुपमा काम गर्थिन् ।

हमलामा अर्का संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको समाचारमा जनाइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१