• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

वाफमा उपविजेता महिला फुटबल टाेलीलाई सुदूर पश्चिमेली नेपाली समाज साउदी अरबकाे सम्मान

सुदूर पश्चिमेली नेपाली समाज साउदी अरबले वाफ वुमन च्याम्पियनसिप २०२४ का उपविजेता नेपाली महिला फुटबल टिमलाई सम्मान पत्रसहित १ लाख रुपैयाँ प्रदान गरेकाे छ ।

उपविजेता महिला टाेलीलाई सुदूर पश्चिमेली नेपाली समाज साउदी अरबले १ लाख रुपैयाँसहित सम्मान गरेर जेद्दाको विमानस्थलबाट बिदाई गरेकाे हाे ।

सम्मान सहित विदाई कार्यक्रममा महावाणिज्यदूतावासका महावाणिज्यदूत शत्रुध्वन पोख्रेल, श्रम सहचार्य ताम्राराज काफ्ले, सुदूर पश्चिमेली नेपाली समाजका महासचिव केशव बहादुर सिंह, वरिष्ठ उपाध्यक्ष पदम महत, उपाध्यक्ष चक्र मल्ल, सचिव केशब सिंह धामी, सदस्य बाबुराम रिजाल एवं जेद्दा स्थित विभिन्न संघसस्थाका प्रतिनिधि तथा समाजसेवीको सहभागिता रहेको थियो ।

पश्चिम एसियाली फुटबल फेडरेसन (वाफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टाेली शुक्रबार राति स्वदेश फर्किसकेकाे छ ।

साउदी अरबमा बिहीबार भएको फाइनल खेलमा नेपाल पेनाल्टी सुटआउटमा जोर्डनसँग ५-३ ले पराजित हुँदै उपविजेतामा सीमित भएकाे थियाे ।