• २०८३ असार १७
  • 2026 July 01, Wednesday

अपराह्न पुनः बस्ने बैठकमा जसपाले राजनीतिक घटनाक्रमबारे विश्लेषण गर्ने

काठमाडौं । सोमबार बिहान जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैकठमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

दिनभरको घटनाक्रम हेरेर आजै अपराह्न ४ बजे पुनः अर्को बैठक बस्ने नेता राजकिशोर यादवले बताए ।

पार्टी अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा जाने तयारीमा छ । जसपाले तीन मन्त्रालयको दाबी गरेको एक नेताले बताए।