उपत्यकामा मौसम बदली, केही स्थानमा मेघगर्जनसहित असिना पानी

काठमाडाैं । बुधबार दिउँसाे काठमाडाैं उपत्यकामा मौसम बदली भएको छ ।

केही स्थानमा मेघगर्जनसहित छिटफुट पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानीसहित हल्का असिना पनि परेको छ ।

अहिले लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा पनि मौसम बदली भएको छ । ती ठाउँका केही ठाउँमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद्हरुका अनुसार प्रिमनसुनको यो बेला बेलुकी पख कतै–कतै हुरी बतास र असिना पानी पर्ने गर्छ ।

देशका अन्य ठाउँको मौसम भने सामान्यतया सफा रहेकाे बताइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१