• २०८३ असार १७
  • 2026 July 01, Wednesday

दुर्गा प्रसाईंले लगाए प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई भष्ट्रचारको आरोप, यी हुन् आरोपित

काठमाडौं । मेडिकल व्यवसायि दुर्गा प्रसाईंले २३ जना राजनितिककर्मीको नाम लिँदै भष्ट्रचारको आरोप लगाएका छन्।

सोमबार सामाजिक सञ्जाल (फेसबुक) मा एउटा पोष्ट सार्वजनिक गरेका छन् जहाँ देशका राजनीतिक दलका नेताहरुको नाम भष्ट्रचारीको रुपमा लिएका छन् । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कानुनी दायरामा लिन आग्रह गरेका छन् । जुन २३ जनाको भष्ट्रचारीको सूचिमा गृहमन्त्री लामिछानेलाई पनि राखेका छन् ।

चैत १ गते चितवन पुगेर भष्ट्रचारीको नाम सार्वजनिक गर्ने भनेतापनि सोमबार विभिन्न ठुला नेताहरुलाई समेत सूचिमा राखेका छन् । उनले भनेका छन् ‘गुहमन्त्री ज्यु लाई साच्चिकै देश प्रती माया छ भने यति लाई कानुनी दायरामा ल्याएर देखाउनुस’

उनले भष्ट्रचारीको आरोप लगाएका नेताहरुको सूचि यस्तो छ ।

१. आरजु देउवा – भुटानी शरणार्थी काण्ड
२. मन्जु खाड – भुटानी शरणार्थी काण्ड
३. ज्ञानेन्द्र बहादुर कार्की – टेरामेक्स प्रकरण
४. मोहन बस्नेत – टेरामेक्स प्रकरण
५. जि बि राई– सहकारी प्रकरण
६. बाबुराम भट्टराई – ललिता निवास प्रकरण
७. माधब नेपाल – ललिता निवास प्रकरण
८. शेर ब देउवा – वाइडबडी काण्ड
९. के पि ओली – कम्बोडिया काण्ड
१०. पुष्पकमल दाहाल – लडाकु शिबिर घोटाला
११. दिपेश पुन– सहकारी काण्ड
१२. पन्चा सिंह– अदालतबाट अपराधी प्रमाणित
१३. जनार्दन शर्मा – सि सि टि भि प्रकरण
१४.नेत्रबिक्रम चन्द – अदालतबाट अपराधी प्रमाणित
१५. गगन पुरी– अदालतबाट अपराधी प्रमाणित
१६. बिष्णु पौडेल – बालुवाटार जग्गा काण्ड
१७.बर्षमान पुन – सुन काण्ड
१८.बिनोद चौधरी – कर छली काण्ड
१९.गोकुल बास्कोटा – ७० करोड काण्ड
२०.पद्मा अर्याल – गिरिबन्धु टि स्टेट काण्ड
२१.भानुभक्त ढकाल – कोराेना औषधि खरिदबिक्री काण्ड
२२.झलनाथ खनाल– सर्प संरक्षण को नाम मा पटक पटक राज्य दोहन
२३.रबि जि गृहमन्त्री आफै – नागरिकता पासपोर्ट तथा सहकारी काण्ड