
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ‘देउवा, प्रचण्ड र ओलीलाई कति पटक र कति वर्ष प्रधानमन्त्री बनाए देश बन्छ हाेला’ भनी प्रश्न गरेका छन् । शुक्रबार काठमाडाैंकाे तीनकुनेमा आयाेजित पार्टी प्रवेश कार्यक्रममा थापाले यस्तो प्रश्न गरेका हुन् ।
उनले भने- ‘व्यक्तिकाे नाम लिँदा आलाेचना गरेजस्ताे हुन्छ, आदरपूर्वक भन्छु शेरबहादुर देउवालाई कति पटक र कति वर्ष प्रधानमन्त्री बनाउँदा देश बन्छ हाेला ? केपी ओलीलाई, प्रचण्डलाई कति पटकर र कति वर्ष प्रधानमन्त्री बनाउँदा देश बन्छ हाेला ?’
अध्यक्ष लिङ्देनले देश निर्माणकाे लागि विदेशीकाे सहयाेग चाहिन्छ भन्नेहरु अन्य पार्टीमा हुने र देश यथास्थितिमा रहनुहुन्न, देश हामी आफैँले बनाउनुपर्छ भन्नेहरु राप्रपामा हुने दाबी पनि गरेका छन् । उनले एमसीसीकाे बारेमा टिप्पणी गरी देशमा उत्पादित बिजुली देशमा नै खपत गर्न सकिने स्पष्ट पारे ।
उनले कांग्रेस नेता गगन थापाले भनेका कुरा स्मरण गरी भने- राष्ट्रिय प्रजातन्त्र पार्टी भ्रममा छैन, भिख नमागेर पनि विकास गर्न सकिन्छ । जनताकाे जीवन सहज पार्न सकिन्छ । हामी उत्पादित बिजुली यहीँ प्रयाेगका ल्याउन सक्छाैँ ।’
उनले बिजुली बसकाे प्रयाेग गर्न सकिने, बिजुलीबाट खाना पकाउन सकिने भन्दै देश औद्याेगिकरणमा जाने र राेजगारीकाे सिर्जना हुनेसमेत बताए ।
उनले अब यही कांग्रेस, एमाले र माओवादीलाई पटक-पटक माैका दिइरहने छुट हामीलाई नभएकाे पनि बताए । उनले अब विकल्प खाेज्न जरुरी भएकाे पनि बताए ।
हेर्नुहाेस् भिडियाे :