के ल्याएकाे थियाे काठमाडाैं आएकाे अमेरिकी सेनाकाे जहाजले ?

काठमाडौं । शुक्रबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी वायु सेनाकाे जहाज अवतरण गरेको थियाे । अमेरिकी वायु सेनाको विमान कूटनैतिक प्रयोजनको लागि आएको बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयरफोर्सको जहाज काठमाडौं आएको बताए ।

विमान शुक्रबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेको थियो । यो विमानमा कूटनीतिज्ञसहित केही सामानहरु पनि ल्याइएकाे स्रोतले जानकारी दिएको छ ।

अमेरिकाबाट उडेपछि यो विमान पहिले थाइल्याण्डको बैंकक गएर त्यहाँबाट काठमाडौं आएको हो । उक्त विमानले कूटनैतिक प्रयोजनका सामान लिएर आएको बताइएको छ ।

विमानले १२०० किलोग्राम बराबर ३३ वटा प्याकिङ सामग्रीहरु लिएर आएको थियो । ती सामानहरु नेपालस्थित अमेरिकी दुतावासका प्रतिनिधिले बुझिलगेका छन् ।

-फाइल तस्बिर

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१