निरीह र लाचारीपनले चक्रपथ विस्तार परियोजनाको अवस्था लथालिङ्ग छ : सांसद पराजुली(भिडियो सहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले चक्रपथ विस्तार योजनाको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रवारको प्रतिनिधिसभा बैठकमा सुन्य समयमा बोल्दै सांसद पराजुलीले दोस्रो खण्ड कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तार योजनाको विषयलाई उठान गरेको छ ।

सन् २०१८ मा उक्त परियोजना लागु गर्ने भनेर हस्ताअक्षर भएपनि अहिलेसम्म योजनाको लथालिङ्ग अवस्था रहेको बताएका छन् ।

करिब १३ महिना अगाडि छिमेकी देशका महामहिम सहित नेपाल सरकारका तत्कालीन यातायात मन्त्री दोस्रो खण्ड कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तार योजनाको भौतिक प्रगति अवलोकन गरेर सडकमा नै उत्रिदै गर्दा राजधानीवासी सचेत जनतालाई अब चक्रपथ चाँडै निर्माण सम्पन्न हुँदैछ भन्ने लागेको बताए ।

उनले भने, छिमेकी देशकै अनुदान तथा प्राविधिक सहयोगमा निर्माण हुने भनेर सुनिएको यो परियोजना का मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ् अग्रिमेन्ट हस्ताक्षर पनि सन् २०१८ मै भएको सुनिएको थियो । तर आज २०२४ मा आइसक्दा पनि राजधानीवासीले चक्रपथ परियोजनाको लथालिङ्ग अवस्था सँगै हिउदमा धुलो र बर्षामा हिलोबाट आक्रान्त हुनुपरेको छ ।

चक्रपथ विस्तार परियोजनाले गति लिनु त कता हो कता सुनिँदैछ निर्माण पक्षको जिम्मा लिएको सांघाई कन्स्ट्रक्सनले अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन डिपिआर नै बनाउन सुरु नगरेकोमा आक्रोस व्यक्त गरेका छन् ।

उनले संघीय नेपालको राजधानीभित्रको भएको एउटै मात्र चक्रपथ विस्तार परियोजनाको दुर्दशा त यस्तो छ भने राजधानी बाहिरका परियोजना समयमा सम्पन्न हुन्छन् भनेर जनतालाई कसरी आश्वस्त पार्ने ? यो निरीह र लाचारीपन कहिलेसम्म नेपाली जनताले सहनुपर्ने ? अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन नै नबनेको प्रोजेक्टमा सर्भिस ट्रयाक चै कुन आधारमा बनाइँदैछ र साँच्चै यो चक्रपथ निर्माण कहिले सम्म सम्पन्न हुँदैछ ? सरकारसँग प्रश्न गरे ।