• २०८३ असार १७
  • 2026 July 01, Wednesday

परराष्ट्र सम्बन्ध र कूटनीतिका मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिका मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले , देशको हितलाई केन्द्रबिन्दुमा राख्न अन्य स्वार्थहरू हाबी भएमा पूर्खाहरूले दिएको सार्वभौम राष्ट्रिय सार्वमौकिताको हितको रक्षामा गम्भीर चुनौति पैदा हुने भन्दै राष्ट्रिय सहमतिका लागि सबैलाई आग्रह गरेका हुन् ।

‘परराष्ट्र सम्बन्ध र कूटनीतिका मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता छ ।’ हामीले हाम्रो देशको हितलाई केन्द्रबिन्दुमा राखेर सबैले यस मामिलामा सहमतिको साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

हामीले हाम्रो देशको हितलाई केन्द्रबिन्दुमा राख्न सक्दा कहीँ कतै कुनै कारणले अन्य स्वार्थहरू हाबी हुन दियौं भने त्यसबाट प्रभावित भयौं भने हाम्रा पूर्खाहरूले हामीलाई दिएको यो स्वतन्त्र, सार्वभौम राष्ट्रिय सार्वमौकिताको हितको रक्षामा गम्भीर चुनौति उपस्थित हुन सक्छन् । यस मामिलामा सबैले सबैले परराष्ट्र सम्बन्ध, नीति र राष्ट्रिय हितका मामिलामा राष्ट्रिय सहमति गरौं सबैसँग अपिल गर्न चाहान्छु । ।’

रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउने, मृतकको शव नेपाल पठाउन रूसलाई अनुरोध गरिएको पनि उनले जानकारी दिए ।