विमस्टेकलाई रणनीतिक साझेदारीको रुपमा उपयोग गर्नसक्नुपर्छ : मनिष झा (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मनिष झाले २७ बर्ष लामो इतिहास बोकेको विमस्टेकलाई रणनीतिक साझेदारीको रुपमा उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।

सोमवार बसेको प्रतिनिधसभा बैठकमा बोल्दै सांसद झाले ग्लोबल रेटिङको कतिपय बुँदाहरुमा नेपाल देखिनुपर्ने ठाउँमा नेपालको नामै नरहेको बताए । त्यो सुचीमा नाम नदेखिनुमा नामाकरण गर्ने राष्ट्रहरुको गल्ती नभइ हाम्रो परराष्ट्रनीति र संयन्त्रको कमजोरी रहेको बताए ।

उनले भने, ‘विश्वको चित्रमा आफ्नो पहिचानका लागि देशले आफ्नो लक्ष्यलाई बुँदागत रुपमा तोकी त्यसको अभ्यास गरौँ, नभए हाम्रो देशको तर्फबाट भीभीआइपीहरु सहभागी गराउने इभेन्ट बाहेक केहि हुदैँन् ।’