काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्नेको बताएका छन् ।
बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । उनले आयोग गठन गर्नबाट भाग्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका समेत व्यक्त गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेका भन्दै जनतालाई ढाँट्न पाईँदैन् भन्दै उनले आक्रोस पोखे ।
उनले भने, सरकारले न्यूनतम साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो। विभिन्न आयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरिएको पनि सुनियो छन्। सहकारी ठगीको एउटा संसदीय सुनुवाइ समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय बन्यो ।, जनतालाई ढाँट्न पाइँदैन।
उनले सरकारको इन्जिन र स्केलेटर नै बिग्रिसकेकाले गियर परिवर्तन ले केहि गर्न सक्दैन भन्ने महशुस भएको टिप्पणी गरे ।
मंगलवार बसेको प्रतिनिधसभा बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले दिएको जवाफमा असुन्तुतिष्ट जनाउदैँ प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठनको माग गरेको थियो ।