प्रतिनिधिसभा अन्तर्गत संसदीय समिति बैठक बस्दै, अर्थ समितिमा अर्थमन्त्री पुनसँग आगामी बजेटबारे छलफल गरिने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत् आज अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

अर्थ समितिमा आज आ.व. २०८१÷८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त –कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । प्रनितिधि सभामा विनियोजन विधेयकमाथिको छलफल बुधबार सकाएर अर्थ समितिले आज मन्त्रीसँग समितिमा छलफल गर्न लागेको हो ।

अर्थ समितिले अर्थमन्त्री वर्षमान पुनलाई बिहीबार समितिमा डाकेर सो बारे छलफल गर्ने कार्यसूची तय गरेको छ । यस्तै, समितिमा आ.व. २०८१÷८२ का लागि विनियोजन विधेयकका प्राथमिकता तथा कार्ययोजना सम्बन्धमा उपसमितिको तयार पारेको प्रतिवेदन पनि प्रस्तुत हुने छ ।