• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

पाँच वर्षमा नेपालले पाँच खर्ब बराबरको सफ्टयेर निर्यात गर्नसक्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि आइटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा महत्व दिएर समेटेको बताएका छन् ।

उनले आगामी पाँच वर्षमा मात्रै नेपालले पाँच खर्ब बराबरको सफ्टयेर नेपालबाट निर्यात गर्नसक्ने अवस्था रहेको उल्लेख गरे ।

बिहीबार सिंहदरबारमा बसेको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा मात्रै नेपालबाट ७६ अर्ब बराबरको सफ्ट्वेयरहरु निर्यात भएको उल्लेख गर्दै आगामी पाँच वर्षमा नेपालले पाँच खर्ब बराबरको सफ्टयेर निर्यात गर्नसक्ने दाबी गरे ।

‘नेपालबाट गत आर्थिक वर्ष ७६ अर्ब बराबरको सप्फट्येयरहरु निर्यात भएको छ । अहिले आइटी नयाँ क्षेत्रको रुपमा आएको छ । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा हामीले आइटी क्षेत्रलाई समावेश गरिएको छ । आगामी पाँच वर्षमा हामीले ५ खर्ब बराबरको सफ्टयेर नेपालबाट निर्यात गर्नसक्ने अवस्था छ’ मन्त्री पुनले भने ।

प्रत्येक वर्ष १० हजार भन्दा बढी नेपाली युवाहरु आइटीमा काम गरिरहेको बताएका पुनले सरकारले युवालाई समेटेर लगानी गर्ने योजना गरेको बताए ।

युवा पलायन रोक्न देशभित्रै रोजगारी सिर्जना गर्ने र बिना अवरोध स्वतन्त्र रुपमा सफ्टवेयर निर्यात गर्नसक्ने भएकाले ०८१÷०८२ को बजेटमा आईटी क्षेत्रलाई प्राथमिकता साथ राखेको पुनको भनाई छ ।