प्युठानमा बस दुर्घटना, एक बालिकाको मृत्यु, २३ जना घाइते

दाङ । प्युठानबाट दाङका लागि छुटेको यात्रुवाहक बस शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियार रहेकी छन् ।

दुर्घटनामा २३ जना घाइते भएका र घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ना ३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो । घाइतेहरुको घोराहीको राप्ती स्वास्थ्य प्रतिस्ठानमा उपचार भैरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१