• २०८३ असार १७
  • 2026 July 01, Wednesday

धारामा पानी हाेइन ढल आउँछ भन्दै गणेश पराजुलीले गराए सरकारकाे ध्यानाकर्षण

काठमाडाैं । रास्वपा सांसद गणेश पराजुलीले काठमाडाैंका जनताकाे घरकाे धारामा पानी नआएर गन्हाउने ढल आउने भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उनले आफ्नाे निर्वाचन क्षेत्र काठमाडौं ७ असन इन्द्रचोकलगयातका स्थानमा धारामा पानी नभइ मानव मलमुत्र मिसिएको गनाउने कालो ढल आउने गुनासाे गरेका हुन् ।

उनले भने ‘म यतिखेर मेरो निर्वाचन क्षेत्र काठमाडौँ ७ को महानगरको मुटुमा रहेका वडा नम्बर २५, २६, २४, १७ लगायतका क्षेत्र असन इन्द्रचोकको कुरा गर्दैछु। सहरभित्रका नागरिक ढलको पानी धारामा पठाइदिएबापत केयुकेएललाई शत प्रतिशत बढेको शुल्क तिर्न बाध्य छन् । यो कस्तो विडम्बना हो?’

झन्डै ३५ अर्बभन्दा बढी खर्च गरिसकेको मेलम्ची परियोजनाको केयुकेएल अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाको चक्रपथ भित्र ८०% खानेपानी वितरण प्रणालीको काम सम्पन्न गरी खानेपानी वितरण प्रक्रिया सुरु गरेको भनेपनि अधिकांश क्षेत्रमा नयाँ वितरण प्रणालीबाट पानी वितरण हुन सकेको छैन । कतिपय पुरानो वितरण प्रणालीको मर्मत सम्भार नहुँदा याे समस्या भइरहेकाे पनि उनले बताए ।