• २०८३ असार १७
  • 2026 July 01, Wednesday

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा चौधरी नियुक्त

काठमाडौं । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्राडा पशुपति चौधरीलाई नियुक्त गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्ष पदमा चौधरीलाई र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्,‘स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्राडा पशुपति चौधरी र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्ति गर्ने भन्ने निर्णय भएको छ ।’

त्यस्तै सरकारले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने पनि निर्णय गरेको छ ।