• २०८३ असार १७
  • 2026 July 01, Wednesday

चार दलकाे बैठकमा जुटेन सहमति, संसदीय समिति गठन नगर्ने सत्तापक्षको अडान

काठमाडौं । सहकारी ठगी प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षले आ–आफ्नो अडान कायम राखेका छन् ।

कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यही विषय टुंगाे लगाउन साेमबार सभामुख देवराज घिमिरेले शीर्ष चार दलकाे बैठक बाेलाएका थिए । तर दुवै पक्षले आआफ्नाे अडान कायम राखेपछि छलफल बिना निश्कर्ष टुंगिएकाे छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कुनै सहमति नभएको भन्दै संसद् अवरोध जारी राख्ने बताए ।

अब मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकमा मुठभेडको अवस्था आउने देखिएको छ । दुवै पक्षको अडान कायमै रहेपछि छलफल बिना निष्कर्ष सकिएको नेताहरूले बताएका छन् ।