• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सलमानको घर बाहिर हवाई फायरिङ गर्ने लरेन्स बिश्नोईको समूह हुनसक्ने आशंका

भारतीय अभिनेता सलमान खानको घर नजिक अज्ञात व्यक्तीले हवाई फायरिङ गरेका छन् ।

मोटरसाइकलमा आएको अज्ञात व्यक्तिले २–३ राउण्ड हवाई फायरिङ गरेको थियो ।

घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ। मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने अनुमान लगाएको छ। अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ।

अभिनेता सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौं पटक ज्यानको धम्की दिइसकेको छ। त्यसकारण फायरिङ पनि उसकै समूहले गराएको दाबी प्रहरीको छ।