डा. द्वय भवानी मानन्धर र केशरी लक्ष्मी मानन्धरसहित महाविर पुनलाई सम्मान

काठमाडौं । केन्द्रीय मानन्धरसंघको ६९ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुनसहित पहिलो डीएम कार्डियोलोजिस्ट डा. भवानी मानन्धर र नेपालको पहिलो वाली विज्ञ डा. केशरी लक्ष्मी मानन्धर सम्मानित भएका छन् ।

मानन्धर संघको ६९ औँ वार्षिकोत्सव शनिवार काठमाडौंको स्वयम्भूमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा मानन्धर समुदायका छात्रछात्राहरुलाई विभिन्न पुरस्कार समेत वितरण गरिएको थियो।

कार्यक्रममा प्रदेश मन्त्री वसन्तकुमार मानन्धर, डेपुटी गर्भनर कृष्ण बहादुर मानन्धर त्यस्तै शंकरलाल मानन्धर लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१