कामना सेवा विकास बैंक र लक्ष्मी हेयर ब्युटी स्टुडियोबीच छुट सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंकले काठमाडौँस्थित लक्ष्मी हेयर ब्युटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१