• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

एन्फा उपाध्यक्ष दावा लामा रिहा

काठमाडौं । लागु औषध खैरो हिरोइन कारोवारमा संलग्न रहेको मुद्दामा बुधबार पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा बिहीबार रिहा भएका हुन् ।लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामालाई रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो ।सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनलाई रिहा गरिएको हो ।दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो ।