
काठमाडाैं । चीनमा यात्रुवाहक विमान साेमबाार दुर्घटनाग्रस्त भएको छ । चीनको दक्षिणपश्चिम क्षेत्रमा १३३ जना यात्रु सवार रहेको उक्त विमान दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा भएकाे क्षतिकाे विवरण तथा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ ।
बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको हाे।स्थानीय समयअनुसार दिउँसो सवा १ बजे कुनमिङबाट उडेको जहाज तीन बजेर ७ मिनेटमा ग्वान्जाओ पुग्ने समय तालिका थियो।
साढे ६ वर्षदेखि उडान थालेको उक्त जहाजमा १६२ सिट थिए।
चीनले पछिल्लो समय हवाई उड्ययनलाई निकै सुरक्षित बनाएको थियो। सोमबारको दुर्घटना वर्षौंपछि चिनियाँ आकाशमा भएको ठूलो दुर्घटना हो।