• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

उत्तर प्रदेशको मुस्लिम बाहुल्य क्षेत्रमा मुस्लिमहरु विचनै निर्वाचनमा प्रतिसप्रधा हुदै

उत्तर प्रदेशको मुस्लिम बाहुल्य क्षेत्रमा लोकासभा निर्वाचनलाइ लिएस सन्नाटाछ । भारतको सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको क्षेत्र पश्चिमी उत्तर प्रदेशबाट मुस्लिम प्रतिनिधिहरू संसदमा पुगेका छन्। तर २०१३ को साम्प्रदायिक दंगापछिको ध्रुवीकरणको वातावरणमा २०१४ को निर्वाचनमा यस क्षेत्रबाट एक जना पनि मुस्लिम प्रतिनिधि निर्वाचित भएनन् ।

सन् २०१९ मा समाजवादी पार्टी, बहुजन समाज पार्टी र राष्ट्रिय लोकदल मिलेर चुनाव लडेपछि पश्चिम उत्तर प्रदेशका सिटबाट पाँच मुस्लिम सांसद विजयी भएर संसदमा पुगेका थिए। सन् २०१९ मा समाजवादी पार्टी, बहुजन समाज पार्टी र राष्ट्रिय लोकदल मिलेर चुनाव लडेपछि पश्चिम उत्तर प्रदेशका सिटहरूबाट पाँच मुस्लिम सांसद विजयी भएर संसदमा पुगेका थिए।

समाजवादी पार्टी कांग्रेससँग ‘भारत’ गठबन्धनमा छ, राष्ट्रिय लोकदल अहिले भाजपासँग छ र बहुजन समाज पार्टी एक्लै चुनाव लडिरहेको छ ।यस्तो अवस्थामा प्रश्न उठ्छ कि नयाँ बदलिएको समीकरणमा पश्चिम उत्तर प्रदेशका मुस्लिम सांसदहरू पुनः निर्वाचित भएर संसदमा पुग्न सक्छन् ? धेरै मुस्लिम बहुल सिटमा समाजवादी पार्टी र बहुजन समाज पार्टीका मुस्लिम उम्मेदवार आमनेसामने हुँदा यो प्रश्न थप गम्भिर बन्दै गएको छ ।