काठमाडौं । सेतो मछिन्द्रनाथको रथयात्रा सम्पन्न भएको छ । सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको रथयात्रा चैत्र शुक्ल अष्टमिको दिन दरबारमार्ग स्थित तीनधारा पाठशालाबाट सुरु भएर चैत्र शुक्ल द्वादशी (वैशाख ८ गते राति) जनबहाल स्थित मन्दिरमा देवता को मूर्तिलाई भित्र्याएपछि यो वर्षको जात्रा समापन भएको हो ।
संस्कृति र परम्परालाई जीवन्त राख्दै रथयात्रालाई सम्पन्न गर्न मूल समारोह व्यवस्थापन समिति, स्वयंसेवक , सहरवासी आम जनता तथा भक्तजन, सुरक्षाकर्मी, सञ्चारकर्मी सहित सेतो मछिन्द्रनाथ मन्दिरका मूल पुजारी, जात्रा व्यवस्थापन मूल समारोह समितिको सक्रिय सहभागिता रह्यो । यस्तै यस क्षेत्रका सांसद गणेश पराजुलीले जात्रालाई व्यवस्थित तरिकाले सम्पन्न गर्न महत्वपुर्ण भूमिका निभाए ।
रथयात्रा समापनपछि जात्रा व्यवस्थापन टोलि सहित प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका सांसद गणेश पराजुलीले जात्रा पर्वलाई पर्यटन प्रवर्धन संग जोडेर विकासको योजनामा काम गर्न आग्रह गरेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डलाई प्रसाद प्रदान गरिएको थियो । यस्तै, प्रधानमन्त्री प्रचण्डले सेतो मछिन्द्रनाथको रथयात्राका लागि बजेटबाटै केहि नयाँ व्यवस्था गरिने आश्वासन समेत दिए ।