• २०८३ असार १६
  • 2026 June 30, Tuesday

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्को बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीकोसचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ ।

बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ । त्यस्तै, बैठकले सरुवा बढुवा र अन्य नियमित निर्णयहरु समेत गर्नेछ ।