• २०८३ असार १६
  • 2026 June 30, Tuesday

इलाम-२ मा मतगणना सुरू

काठमाडाैं । इलाम-२ मा मतगणना सुरू भएको छ । इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको हाे ।

आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू गरिएकाे हाे । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको छ ।

इलाम क्षेत्र नम्बर २ मा शनिबार उपनिर्वाचन भएको थियो ।

एमाले नेता सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् ।